![](https://sajhamanch.com/wp-content/uploads/2025/02/dhanbahadur-wali.jpg)
काठमाडौं । थाइल्याण्डका लागि नेपालको आवासीय राजदूतमा धनबहादुर वली नियुक्त भएका छन् ।
संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत नियुक्त गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार उनलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।