२०८१ माघ २९, मङ्गलवार , १२:२४:०६ बजे

Sajhamanch
'

सुनको भाउ तोलामा एक लाख ७० हजार रुपैयाँ नाघ्यो

मङ्गलवार, माघ २९, २०८१

काठमाडौं । सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय सुनको भाउ लगातार बढिरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ भने घटेको छ । आज चाँदीको भाउ ३० रुपैयाँले घटेर तोलाको एक हजार ९४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

मङ्गलवार, माघ २९, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर