२०८१ माघ २९, मङ्गलवार , ०८:४१:१९ बजे

Sajhamanch
'

प्रतिनिधिसभा बैठक आज पनि बस्दै

मङ्गलवार, माघ २९, २०८१

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दै छ। बैठक दिउँसो १ बजे शुरु हुनेछ।बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१प्रस्तुत गर्ने अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची छ।

यसमाथिको छलफलपछि प्रधानमन्त्रीले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।बैठकमा शून्य र विशेष समयमा पनि सांसदले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गर्नेछन्।

सम्बन्धित खबर