२०८१ माघ २८, सोमवार , १२:०३:२६ बजे

Sajhamanch
'

सुनको भाउ तोलामा १४०० रुपैयाँले बढ्यो

सोमवार, माघ २८, २०८१

काठमाडौं । सुनको भाउ आज एकैदिन १४०० रुपैयाँले बढेको छ । सुन आज १४०० रुपैयाँले बढेर तोलाको एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ६८ हजार २०० रुपैयाँ रहेको थियो । पछिल्लो समय सुनको भाउ लगातार बढीरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर एक हजार ९७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार ९६० रुपैयाँमा कायम भएको थियो ।

सोमवार, माघ २८, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर