२०८१ माघ २८, सोमवार , १०:३५:४१ बजे

Sajhamanch
'

मेचीनगरमा बिजुलीको पोल ढलेर एक जनाको मृत्यु

सोमवार, माघ २८, २०८१

झापा । रुखको हाँगा काट्दा बिजुलीको पोल ढलेर झापाको मेचीनगरमा एक जनाको मृत्यु भएको छ ।

मेचीनगर–५ स्थित नकलबन्दा टि–इस्टेटमा २६ वर्षीय सिताराम उराउ र सोही ठाउँ बस्ने २३ वर्षीय सिलास उराउले बगानमा रहेको पिपलको हाँगा काटिरहेका थिए । त्यसक्रममा रुखको हाँगा बिजुलीको पोलमा लागेर करेन्ट नभएको बिजुलीको पोल ढलेको थियो ।

पोलमा रहेको तारले सोही ठाउँका ५८ वर्षीय मंगले सार्कीको टाउकोमा चोट लागेको थियो । घाइते सार्कीलार्ई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

सार्कीले उराउलाई पिपलको हाँगा काट्न काममा लगाएका थिए । रुखको हाँगा काट्ने दुबै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले बताए ।

सम्बन्धित खबर