२०८१ माघ २८, सोमवार , ०७:५३:४३ बजे

Sajhamanch
'

सीआईडी हुँ भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

सोमवार, माघ २८, २०८१

काठमाडौं । प्रहरीको सीआईडी हुँ भन्दै ठगी गरेको आरोपमा कपिलवस्तुबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु वाणगंगा नगरपालिका-२ का ३२ वर्षीय ऋषिराम घिमिरे र कप्टैयाका जीवन थापा छन् ।

उनीहरुले आफूहरुलाई इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको सीआईडी भएको र घरको खानतलासी गर्नुपर्ने भन्दै एकजना स्थानीयबाट १७ हजार रुपैयाँसमेत लिएर गएको प्रहरीले जनाएको छ ।उनीहरुकलाई वाणगंगा नगरपालिका २ राजपुरस्थित खेलमैदानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । पक्राउ परेका दुवै जनालाई म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित खबर