२०८१ माघ २८, सोमवार , ०७:४७:०८ बजे

Sajhamanch
'

खेम सेन्चुरीले लात्तीले बजर थिचेको घटना जनवरीकै ‘उत्कृष्ट पर्फमेन्स’को सूचीमा

सोमवार, माघ २८, २०८१

काठमाडौं । टिभी रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को सुरुवाती एपिसोडमा खुट्टाले बजर थिचेपछि कोच खेम सेन्चुरीले धेरै गाली खाए । सामाजिक संजालमा उनलाई गाली गर्नेको ओइरो नै लाग्यो ।

खुट्टाले बजर बजाउने सेन्चुरी न पहिलो कोच थिए, न अन्तिम नै । विश्वचर्चित यो रियालिटी शो कोचको आफ्नो स्टाइल र प्रस्तुतिले चर्चित छ । यसको सुन्दर जवाफ निर्देशक लक्ष्मण पौड्यालसँग थियो । उनले भनिदिए– जसले कोच सेन्चुरीको विरोध गर्नुभएको छ । उहाँहरू नयाँ हुनुहुन्छ । नयाँ दर्शक आउनुभएकोमा खुसी छौं ।’यतिबेला, ग्लोबल भ्वाइसले नै कोच खेम सेन्चुरीले लात्तीले बजर बजाएको उक्त कार्यलाई सन् २०२५ को जनवरी महिनाकै उत्कृष्ट पर्फमेन्सको सूचीमा राखेको छ । विभिन्न देश र भाषिक संस्करणका भ्वाइसको बेस्ट पर्फमेन्सको सूचीमा नेपालबाट यो दृश्य समेटिएको छ ।

दर्शकले गाली गरिरहेको बेला भ्वाइसले नै उत्कृष्ट पर्फमेन्स भन्दै कोच खेमलाई पुरस्कृत गरेपछि उनी खुसी नहुने कुरै भएन । सामाजिक संजालमा उनले यो सेयर गरेर आलोचकलाई जवाफ दिएका छन् । भ्वाइस अफ नेपालको छैटौं सिजन यतिबेला हिमालय टिभीबाट प्रसारण भैरहेको छ ।