२०८१ माघ २७, आइतवार , ०३:५४:१६ बजे

Sajhamanch
'

बिर्तामोडबाट सिक्किमे मदिरासहित २ लाख ७० हजार वढीको सामाग्री नियन्त्रण

आइतवार, माघ २७, २०८१

झापा । झापाको बिर्तामोड नगरपालिकास्थित पश्चिम बस स्डेण्डबाट बेवारिसे अवस्थाको मदिरा फेला परेको छ । प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा गएराति ८ः२० बजे बेवारिसे अवस्थामा रहेको १५६ पिस सिक्किमे मक्स (मदिरा) फेला पारेको हो ।

फेला परेको मदिरा एक लाख २४ हजार रुपैयाँ बराबरको रहेको र आवश्यक कारवाहीको लागि भन्सार बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिवार साँझ मेचीनगर नगरपालिका ६ भन्सार गेट हुँदै भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउदैं गरेका सामाग्री नियन्त्रणमा लिएको छ ।

कपडाहरु लुङ्गी ५१ पिस, जर्सि २९ पिस, भेष्ट १२ पिस र बिभिन्न किसिमको किराना सामान एक लाख ५० हजार ३८० रुपैयाँ बरावरको नियन्त्रणमा लिएको छ ।

नियन्त्रण गरिएका सामाग्री आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।