![](https://sajhamanch.com/wp-content/uploads/2025/02/nj26.jpeg)
बुद्धशान्ति । बि डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौँ झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ संस्करणको नवज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नवज्योति युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो ।
प्लानिङ ब्वाइजका प्रताप राईले खेलको ५८औँ मिनेटमा गरेको एक गोल नै जितका लागि काफी भयो ।
खेलको प्लेयर अफ द म्याच गोलकर्ता प्रताप राई भए । उनले नगद ७ हजार र ट्रफी पाए ।
उपाधिका लागि अब प्लानिङ ब्वाइजले सुनसरीको न्यु स्टार एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताअन्तर्गत फाइनल खेल माघ २८ गते हुने क्लबका उपाध्यक्ष भरत खतिवडाले जानकारी दिए ।