काठमाडौं । सुनको भाउ आज ४०० रुपैयाँले घटेको छ । सुनको भाउ आज ४०० रुपैयाँले घटेर तोलाको एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
लगातार चार दिनदेखि बढेको सुनको भाउ आज केही घटेको हो । हिजो सुनको भाउ तोलाको एक लाख ६८ हजार ५०० रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको एक हजार ९८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।