![](https://sajhamanch.com/wp-content/uploads/2024/12/gold-1.jpg)
काठमाडौं । सुनको भाउ आज एकैदिन एक हजार ६०० रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ६६ हजार ९०० रुपैयाँ रहेको थियो । तीन दिनयता सुनको भाउ निरन्तर बढिरहेको छ ।
यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदीको भाउ आज पाँच रुपैयाँले बढेर तोलाको एक हजार ९८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।