२०८१ माघ २८, सोमवार , ०९:२७:४८ बजे

Sajhamanch
'

तेजस्वीलाई ‘पसल भित्र पसल’ सञ्चालन गर्ने अवसर

बुधवार, माघ २३, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको तेजस्वी कम्प्युटर सपोर्टले जापानिज कम्पनी पानासोनिकका होम एप्लायन्सेसहरुको छुट्टै बिक्री कक्ष ‘पसल भित्र पसल’ सञ्चालन गर्ने अवसर पाएको छ ।

पानासोनिक कम्पनीले सुरु गरेको नयाँ व्यापारिक अवधारणा एसआईएस अर्थात् सप इन सप अन्तर्गत पसलको एउट छुट्टै कोठा वा भागमा पानासोनिक कम्पनीका मात्र सामग्रीहरू प्रदर्शन गरिने र बिक्री गरिने व्यवस्था हुन्छ। यसका लागि छुट्टै बिक्रेता राखिने तथा बिक्री पछिको सेवाका लागि कम्पनीकै तर्फबाट दक्ष प्राविधिकहरु पनि खटाइने व्यवस्था रहेको छ।

यो वर्ष नेपालका सुदुरपूर्व र सुदुर पश्चिमका दुईवटा सहरमा मात्र पानासोनिक कम्पनीले यस्तो सेवा विस्तार गरेकोमा सुदुरपूर्वको लागि बिर्तामोडमा सञ्चालित तेजस्वी कम्प्युट सपोर्टले यो अवसर पाएको यसका सञ्चालक कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।

२०७७ साल असोजबाट त्रिवेणी व्यापार कम्पनी प्राइभेट लिमिटेड अन्तर्गत पानासोनिक कम्पनीको आधिकारिक विक्रेता बनेर यसका उत्पादनहरू मध्ये होम एप्लायन्सेसहरू बिक्री गर्दै आएको तेजस्वीको व्यवसायिक योजना एवं जनसम्पर्कका कारण पसलभित्र पसल सञ्चालन गर्ने थप अवसर दिइएको त्रिवेणी व्यापार कम्पनी प्राइभेट लिमिटेडका एरिया इन्चार्ज शिव श्रेष्ठले बताए ।

पसल भित्र पसलको सेवा सुरु भए पछि यस कम्पनीका उत्पादनहरूको मूल्यमा बजारभन्दा केही फरक पर्ने र खुद्रा पसलभन्दा सहुलियत हुने व्यवस्था रहेको जनाइएको छ। यसैगरी ग्राहकहरूका लागि थप सुविधा प्रदान गर्न मासिक किस्ताबन्दीमा पनि यसका उत्पादनहरू खरिद गर्न सकिने व्यवस्था सुरु गरिएको कम्पनीका एरिया इन्चार्ज श्रेष्ठले जानकारी दिए ।

‘पसल भित्र पसल’ सेवाको भोलि बिहीबार बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंले समुद्घाटन गर्ने कार्यक्रम बनाइएको तेजस्वीका सञ्चालक घिमिरेले बताएका छन् ।

सम्बन्धित खबर