२०८१ माघ २२, मङ्गलवार , ०७:४९:१४ बजे

Sajhamanch
'

बुढासुब्बा गोल्डकप : आज एनआरटी क्लब र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर खेल्दै

मङ्गलवार, माघ २२, २०८१

काठमाण्डौ । २५ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आज काठमाण्डौको एनआरटी क्लब र झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले खेल्दैछन् ।धरान रङ्गशालामा हुने खेल दिउँसो ३ बजे शुरू हुनेछ । यो खेलको विजेताले सेमिफाइनलमा भारतको युके एफसीसँग खेल्नेछ। हिजोको खेलमा राष्ट्रिय जागृति क्लब इटहरीलाई हराउँदै भुटानको आरटीसी फुटबल क्लब सेमिफाइनलमा पुगेको छ ।

अब फाइनल प्रवेशको लागि आरटीसीले चर्च ब्वाइजसँग खेल्नेछ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । बुढासुब्बा गोल्डकपको विजेताले १० लाख रुपैयाँ तथा उपविजेतालाई पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

सम्बन्धित खबर