२०८१ माघ २०, आइतवार , ०६:१७:२६ बजे

Sajhamanch
'

बिर्तामोड महोत्सवको समय दुई दिन थपियो

आइतवार, माघ २०, २०८१

बिर्तामोड । यहाँ आयोजित अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको अवधि दुई दिन थप गरिएको छ ।

माघ ८ गतेदेखि १९ गतेसम्मका लागि महोत्सव संचालन गरिएकोमा दुई दिनका लागि समय थप गरिएको हो । व्यवसाय प्रर्वद्धनसंगै सुस्ताएको बजारलाई चलायमान बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव सञ्चालन गरिएको हो ।

बिर्तामोड ५ स्थित धर्मकाटा रोडमा महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवको समय दुई दिन थप भएसंगै महोत्सव २१ गतेसम्म सञ्चालन हुने उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।

दैनिक अपरान्ह ४ बजेसम्म महोत्सवस्थल प्रवेशलाई निःशुल्क बनाइएको छ ।

हरेक दिन साँझ स्थानीय कलाकारको प्रस्तुति रहने छ भने रात्रीकालिन समयमा राष्ट्रियस्तरका कलाकारको प्रस्तुति रहने गरेको छ ।

सम्बन्धित खबर