झापा । झापाको कमल गाउँपालिका–७ का ४५ वर्षीय देवलाल चौधरीको कुटपिटबाट ज्यान गएको छ ।
सामान्य विवादका क्रममा ३७ वर्षीय पुण्यप्रसाद बाँस्तोलाले चौधरीलाई लाठी प्रहार गरी कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका चौधरीको दमकको लाइफ लाइन अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न बाँस्तोलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।