२०८१ माघ २०, आइतवार , ०१:२७:४७ बजे

Sajhamanch
'

कुकुरको टोकाइबाट झापामा सात वर्षीय बालकको मृत्यु

आइतवार, माघ २०, २०८१

झापा । झापाको कनकाईमा कुकुरको टोकाइबाट सात वर्षीय बालकको मृत्यु भएको छ ।

सङ्खुवासभा चैनपुर नगरपालिका-७ घर भई हाल कनकाई नगरपालिका-२ सुकेडाँगीमा डेरा गरी बस्ने कुमार रम्तेलका छोरा ७ वर्षीय प्रकाश रम्तेललाई विगत डेढ महिनाअघि कुकुरले टोकेको थियो । कुकुरले टोकेर अवस्था सामान्य रहेका कारण उपचार नगराई बसेकोमा शुक्रबार बिहान ११ बजे बालकको स्वास्थ्यमा समस्या आएको थियो ।

उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुरमा लगी सामान्य उपचारपश्चात् थप उपचारको लागि काठमाडौँ लैजाने क्रममा बालकको स्वास्थ्यको अवस्था गम्भीर हुँदै गएपछि तत्काल हेटौडास्थित सीएमसी चुरी हिल अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार गर्ने क्रममा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।