काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक पनि आज बस्ने भएको छ । दिउँसो १:१५ बजे सङ्घीय संसद् भवनमा बैठक बस्नेछ ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले ‘तिलगंङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्ने कार्यसूची तय भएको संसद् सचिवालयले जानकारी दिएको छ ।