काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभावले कोशी प्रदेश लगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । कोशी र कर्णाली प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । अन्य प्रदेशको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले भनेको छ।