काठमाडौं । केही दिनयता नेपाली फिल्म वृत्तमा फिल्म ‘एक्टर’को नाम खुब चर्चामा छ । रिलिज ताका धेरै नसुनिएको यो नामलाई लिएर अहिले धेरै चर्चा परिचर्चा छ ।
एउटै नाम हुँदा आर्थिक क्षति पुगेको भन्दै निर्माताले शुक्रबार जिल्ला अदालत काठमाडौंमा अर्को फिल्म ‘एक्टर स् टेक वन’विरुद्ध मुद्दा हालेका थिए । यो मुद्दामा सुनुवाइ गर्दै अदालतले तत्काल फिल्मको प्रदर्शन रोक्न आदेश दियो ।धेरैलाई चासो छ, निर्माताले दावी गरेजस्तो आर्थिक क्षति पुग्ने गरि यो फिल्मले कति कमाइ गर्यो रु चलचित्र विकास बोर्डको बक्सअफिस डेटाअनुसार मदन घिमिरे निर्देशित फिल्मले २ दिनमा २८ हजार ८८५ रुपैयाँ ग्रस कमाइ गरेको थियो ।
माघ ४ गतेदेखि रिलिज भएको फिल्म माघ ६ गते हलबाट उत्रिएको बोर्डको तथ्यांकमा उल्लेख छ । अन्तिमपटक माघ ६ गते बिहान ११ बजेर १५ मिनेटमा बागबजारको सिटीम्याक्स हलमा यो फिल्मको प्रदर्शन भएको थियो ।यो मुद्दामा अदालतले माघ २२ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।