२०८१ माघ १७, बिहिवार , ०४:२२:०८ बजे

Sajhamanch
'

भद्रपुर ९ स्थित स्वर्गद्वारी अन्त्यष्टिघाटको प्रथम वार्षिक साधारण सभा सम्पन्न

बुधवार, माघ १६, २०८१

भद्रपुर । भद्रपुर ९ स्थित स्वर्गद्वारी अन्त्यष्टिघाट व्यवस्थापन समितिको प्रथम वार्षिक साधारण सभा सम्पन्न गरिएको छ ।

घाट व्यवस्थापन समितिका अध्यक्ष अम्बिका पोखरेलको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।

सभामा अध्यक्ष पोखरेलले वार्षिक गतिविधि प्रस्तुत गर्दै पहिलो चरणमा मलामी विश्राम घर तथा तटबन्धन गरी ४३ लाख वरावरको काम सम्पन्न भइसकेको र दाश्रो चरणमा २९ लाख ९८ हजार ७३८ रूपैया बराबर तटबन्धनको काम चालु रहेको जानकारी दिए ।

अध्यक्ष पोखरेलले आर्थिक श्रोतका रूपमा चन्दादाता, भद्रपुर नगरपालिका, सदस्यता शुल्क र जनताको तटबन्धन कार्यक्रम रहेको उल्लेख गरेका छन् ।

साधारण सभाको अवसर पारेर अन्त्यष्टिघाट निर्माणका लागि आर्थिक सहयोग गर्ने दातालाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो भने शव दाहसंस्कार स्थलको शिलान्यास पनि गरिएको थियो । यस्तै आजीवन सदस्यता समेत वितरण गरिएको थियो ।

महासचिव लीला घिमिरेले सञ्चालन गरेको कार्यक्रममा भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोज, चन्द्रगढी सेवा समाजका अध्यक्ष नयाँनाथ पाण्डे, समाजसेवी हिराप्रसाद पोखरेल लगायतले मन्तव्य राख्दै मृतकको अन्त्यगिटका लागि घाट अनिवार्य आवश्यक रहेको धारणा राखेका थिए ।

सम्बन्धित खबर