कमल । झापा जिल्ला अन्तरपालिका स्तरीय कर्मचारी फुटबल प्रतियोगितामा आज सोमबार सम्पन्न खेलमा विजयी बनेर कनकाई नगरपालिकाको टिम क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
गौरीगञ्ज गाउँपालिकालाई शून्यका विरुद्ध १ गोल गर्दै कनकाई नगरपालिका विजयी भएको हो । खेलको पहिलो हाफ गोल रहित बराबरीमा खेले पनि दोस्रो हाफमा कनकाईका जर्सी नम्बर १३ का खेलाडी मनिष भट्टराईले गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।
खेलको म्यान अफ द म्याच उनै मनिष भट्टराई घोषित भए । भोलि मंगलबार अर्जुनधारा र भद्रपुर नगरपालिकाका बीच पहिलो क्वाटर फाइनल खेल हुने आयोजकले जनाएको छ ।