२०८१ माघ २३, बुधवार , ०६:२३:५८ बजे

Sajhamanch
'

कमलमा गाउँघरमा सामाजिक सुरक्षा भत्ता र निःशुल्क दन्त परीक्षण साथसाथमा

सोमवार, माघ १४, २०८१

कमल । झापाको कमल गाउँपालिकाले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेकै स्थानमा निःशुल्क दन्त परिक्षण शिविर सञ्चालन गरेको छ ।

आमा डेन्टल केयर प्रा.लि. दमकको प्राविधिक सहयोगमा डा. प्रेनश श्रेष्ठ र सजना लिम्बू सहितको प्राविधिक टोलीले सामाजिक सुरक्षा भत्ता वितरण गरेकै स्थानमा ज्येष्ठ नागरिकको निःशुल्क दन्त परिक्षण गरेको हो ।

गाउँपालिकाका जनप्रतिनिधिहरुदले ज्येष्ठ नागरिकको स्वास्थ्य प्रति उत्तरदायी भएसँगै यसरी निःशुल्क दन्त परिक्षण गरिएको हो ।

पालिकाले हरेक पटकको भत्ता वितरण गरेको समयमा विभिन्न अनुभवी चिकित्सकद्वारा ज्येष्ठ नागरिकको विभिन्न प्रकारका रोग सम्बन्धी स्वास्थ्य परीक्षण गर्दै आइरहेको छ ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएपछि हामीलाई धेरै कुरामा सहज भएको छ । भत्ता पनि सहज रुपमा पाएका छौ भने निःशुल्क रुपमा स्वास्थ्य परिक्षण गर्न समेत पाएकोमा आफूलाई खुशी लागेको कमल ५ की धनमाया खनाल बताउछिन् ।

जनप्रतिनिधिकै सक्रियतामा आज हरेक कमलवासी ज्येष्ठ नागरिकलाई पहिलेको भन्दा धेरै कुरामा सहज भएको छ । आफूलाई सुविधा हुने स्थानबाट भत्ता लिन पनि पाएको छ भने निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गर्न पनि पाएको कमल ५ का स्थानीयबासी टिकाराम भट्टराई बताउँछन् ।

कमल गाउँपालिकामा गत माघ ८ गतेबाट सामाजिक सुरक्षा भत्ता वितरण र निःशुल्क दन्त परीक्षण सुरु भएको हो । यो समाचार तयार पार्दासम्म वडा नम्बर १, २, ३, ४ र ५ नम्बर वडाका गरी २८५ जनाको निःशुल्क दन्त परीक्षण भएको छ ।

सम्बन्धित खबर