बिर्तामोड । झापाको बिर्तामोडमा जारी ‘एपोलो पेन्ट्स बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा प्रवेश निःशुल्क बनाइएको छ । महोत्सवमा सहभागीलाई थप सहज बनाउन महोत्सव मूल आयोजक समितिले प्रवेश निःशुल्क गरेको हो ।
दैनिक अपरान्ह ४ बजेसम्मका लागि महोत्सव स्थल प्रवेश गर्दा शुल्क नलिने निर्णय भएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताएका छन् । ग्राहकलाई समेत मध्यनजर गर्दै प्रवेश निःशुल्क बनाइएको हो ।
अध्यक्ष न्यौपानेले भने– महोत्सवमा स्थानीयदेखि भारत, वंगलादेश, पाकिस्तानका व्यवसायीले समेत आफ्ना उत्पादन राखेकाले अवलोकन र खरिद बिक्रीका लागि सहज पुर्याउन महोत्सवमा प्रवेश निःशुल्क गरिएको हो । महोत्सव माघ १९ गतेसम्म सञ्चालन हुनेछ ।