बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ५ स्थित पाथीभरा टोल सुधार संस्थाको नवौ अधिवेशनबाट नारायण चिमरिया अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।
आज शनिबार सम्पन्न १७औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले चिमरियाको अध्यक्षतामा संस्थाको मूल समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गंगाराज प्रसाई, सचिवमा छविकृष्ण बराल, सहसचिवमा सिता तिम्सिना र कोषाध्यक्षमा कृष्ण अधिकारीलाई चयन गरिएको छ ।
११ सदस्यीय कार्यसमितिको सदस्यहरुमा महेन्द्र अधिकारी, देवी पोख्रेल, हस्तराज राई, कृष्ण गुरागाईं, कल्पना बिमली र हेमराज अधिकारी रहेका छन् ।
त्यसैगरी संस्थाको महिला समितिमा पनि आजै नयाँ नेतृत्व चयन गरिएको छ । १३ सदस्यीय महिला समितिको अध्यक्षमा निर्मला कडरिया, उपाध्यक्षमा गोमा खतिवडा, सचिवमा यमुना तिवारी, सहसचिवमा गीता ओली प्रसाई र कोषाध्यक्षमा रुपा प्रसाई रहेका छन् ।
समितिको सदस्यहरुमा शुशिला फुयाल, अनिता संग्रौला, देउमाया कार्की, जमुना गुरागाईं, विष्णु राई, उर्मिला भट्टराई, दुर्गा पौडेल र शुष्मा खाती रहेका छन् ।
संस्थाका अध्यक्ष तेजप्रसाद शिवाकोटीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा भवन निर्माणमा सहयोग पुर्याउने सहयोगी दाता, ज्येष्ठ नागरिक, उत्कृष्ट बुहारी, घर आँगनदेखि टोलसम्म सरसफाई गर्नुपर्छ भनेर अग्रसर हुने व्यक्ति, एसईईका उत्कृष्ठ विद्यार्थी, ध्यान प्रशिक्षकलाई सम्मान गरेको छ ।
साधारण सभामा संस्थाले वार्षिक रुपमा गरेका गतिविधि र भावी योजना समेटिएको वार्षिक प्रतिवेदन अध्यक्ष शिवाकोटीले प्रस्तुत गरेका थिए । संस्थाको भवन निर्माणबारे भवन निर्माण समितिका संयोजक नारायण चिमरियाले प्रकाश पारेका थिए ।
पाथीभरा टोल सुधार संस्था २०६५ सालमा स्थापना भएको र हाल सो टोलमा १४५ घर आवद्ध रहेको अध्यक्ष शिवाकोटीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख प्रसाई, विशेष अतिथि बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रोहित प्रसाई, पूर्व अध्यक्षका तर्फबाट मोहन ओली लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा नवनिता शिवाकोटीसहितका टोलभित्रका बालबालिकाले नृत्य प्रस्तुत गरेका थिए भने महिला समितिले गीतमार्फत स्वागत गरेका थिए ।
सचिव छविकृष्ण बरालले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष राजेस प्रसाईले गरेका थिए ।