२०८१ माघ १६, बुधवार , ०४:३६:०० बजे

Sajhamanch
'

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

शुक्रवार, माघ ४, २०८१

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०८१/१०/०४

जिल्ला झापा मे.न.पा. ६ बस्ने स्व. शंखरसिं लामा (सदस्य नं. ५४८०३) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८१ साल मंसिर १५ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मे. न. पा. ६ बस्ने निजको नाति निमेश तामाङ लामाले आफ्नो हजुरबुवाको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८१ साल माघ ३ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी काँकरभिट्टा कार्यालय

सम्बन्धित खबर