झापा । झापामा घरायसी विवादका कारण श्रीमतीले धारिलो हतियार प्रहार गरी श्रीमानलाई गम्भीर घाइते बनाएकी छन् ।
हिजो साँझ ७ः२५ बजे अर्जुनधारा नगरपालिका-२ खुदुनावारी घर भई हाल मेचीनगर नगरपालिका-६ जेसिका ठ्याकस्थित हरि श्रेष्ठको घरमा डेरा गरी बस्ने ३१ वर्षीय अमर लिम्बूलाई उनकी श्रीमती २८ वर्षीया सुमित्रा खत्री (लिम्बू) ले घरायसी विवादका कारण धारिलो हतियार प्रहार गरेकी हुन् ।
टाउको र हातमा हतियार प्रहारबाट घाइते भएका अमरलाई उपचारको लागि आम्दा अस्पताल धुलाबारी पठाइएको छ । घाइतेको अवस्था मध्यम रहेको र धारिलो हतियार प्रहार गर्ने उनकी श्रीमती सुमित्रालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ ।