२०८१ माघ ३, बिहिवार , ०७:२७:१९ बजे

Sajhamanch
'

व्यवसायी राहत कोषमा रकम जुट्दै, राजभण्डारीले दिए २५ हजार १००

बिहिवार, माघ ३, २०८१

बिर्तामोड । व्यवसायी सेजर राजभण्डारीले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी राहत कोषमा २५ हजार १०० रुपैयाँ जम्मा गरेका छन् ।

आज आफ्नो जन्मदिनको दिन राजभण्डारीले उक्त रकम कोषमा जम्मा गरेका हुन् । फ्रेन्ड्स फेसन वेयरका सञ्चालक राजभण्डारीले संघका अध्यक्ष राजु न्यौपानेलाई २५ हजार १०० रुपैयाँ बरावरको चेक हस्तान्तरण गर्दै व्यवसायीको हितमा खोलिएको कोष वृद्धिका लागि आगामी दिनमा समेत सहयोग गर्ने प्रतिवद्धता जनाए ।

बिर्तामोड उद्योग वाणिज्य संघले आपत विपदमा परेका व्यवसायीलाई राहत पुर्याउने उद्देश्यले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गरेको हो । अहिले कोषमा झापाका विभिन्न व्यवसायी, सामाजिक अभियन्ताहरुले समेत रकम प्रदान गरिरहेको संघका महासचिव कुशल खतिवडाले बताए ।

फ्रेन्ड्स फेसन वेयरका सञ्चालक राजभण्डारीले संघले स्थापना गरेको राहत कोषमा रकम जम्मा गरेपछि वाणिज्य संघले समेत उनलाई कदरपत्रद्वारा सम्मान गरेको छ ।

सम्बन्धित खबर