२०८१ पौष २८, आइतवार , ०९:०६:०८ बजे

Sajhamanch
'

वडास्तरीय बुद्धिचालको उपाधी भण्डारीलाई

आइतवार, पौष २८, २०८१

कमल । कमल गाउँपालिकामा सञ्चालित अन्तर वडास्तरीय बुद्धिचाल प्रतियोगिताको उपधि वडा नम्बर ७ का समिर भण्डारीले जितेका छन् ।

गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगिताको गाउँपालिकाका २० जना युवा सहभागी थिए ।

प्रतियोगितामा सहभागीमध्ये वडा नम्बर ७ का भण्डारी प्रथम भएर नगद ८ हजार रुपैयाँका साथ ट्रफी र प्रमाणपत्र प्राप्त गरेका हुन् ।

प्रतियोगितामा वडा नम्वर ४ का गंगाराम गहतराज द्वितिय भई नगद ५ हजार रुपैयाँका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका खेलकुद विकास समितिका संयोजक सन्तकुमार मगरले जानकारी दिए ।

पालिकाका अध्यक्ष हुकुमसिंह राईले निर्णायकलाई चेसवोर्ड प्रदान गरेर उद्घाटन भएको प्रतियोगिता वडा नं. ४ स्थित होटल ल्यान्डको सभाहलमा गरिएको थियो ।

सो प्रतियोगिता उद्घाटन गर्दै अध्यक्ष राइले गाउँपालिकाले पछिल्लो समय खेलकुदका क्षेत्रमा धेरै काम गरिरहेको बताए । फुटवल, भलिबल र क्रिकेटका अलावा चेसजस्ता प्रतियोगिताले खेलाडी थप शसक्त बनाउँदै अगाडि बढ्न सहयोग पुग्ने उनको भनाई छ ।

सम्बन्धित खबर