२०८१ माघ १२, शनिवार , ०७:२६:२९ बजे

Sajhamanch
'

जन्मदिनमा ‘स्वच्छ समाजका लागि सामाजिक अभियान’लाई रकम सहयोग

आइतवार, पौष २८, २०८१

बिर्तामोड । युवा व्यवसायी गौरीप्रसाद तथा लक्ष्मी भण्डारीले आफ्नो छोराको जन्मदिनमा ‘स्वच्छ समाजका लागि सामाजिक अभियान’लाई आर्थिक सहयोग गरेका छन् ।

भण्डारी परिवारले छोरा सन्देश भण्डारीको शनिबार परेको जन्मदिनमा अभियानलाई ३५ हजार रुपैयाँ सहयोग प्रदान गरेका हुन् । सन्देश न्युटन्स् एजुकेशन एकेडेमीमा कक्षा १० मा अध्ययनरत छन् ।

बिर्तामोड ६ का गणेश ढुंगानाको नेतृत्वमा रहेको सामाजिक संस्था ‘स्वच्छ समाजका लागि सामाजिक अभियान’लाई उक्त रकम प्रदान गरिएको हो ।

अभियन्ता ढुंगानाले एक दशकभन्दा पहिलेदेखि सडकमा यत्रतत्र फ्याँकिएका प्लास्टिक तथा कवाडी संङ्कलन गरेर अनाथ आश्रम बनाउने कार्यको सुरुवात गरेका थिए । शनिबार गौरी र सन्देशले अध्यक्ष ढुंगाना र अभियानका आजीवन सदस्य बीपी कोइरालालाई संयुक्त रूपमा सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

अनाथ दीनदुःखी तथा सडकमा आश्रित मानवहरूलाई राख्नका लागि ढुङ्गानाको अग्रसरतामा अर्जुनधारा ११ स्थित देउनियाँ पूलको करिब ७०० मिटर उत्तरमा दुई कठ्ठा सात धुर जग्गा अभियानका नाममा खरिद गरिएको छ ।

सम्बन्धित खबर