२०८१ पौष २३, मङ्गलवार , ११:४६:३५ बजे

Sajhamanch
'

सिमेन्टको मूल्यवृद्धिको विरोधमा उत्रिए झापाका व्यवसायी, बुद्धशान्तिका हार्डवेयर पसल बन्द

सोमवार, पौष २२, २०८१

झापा । झापा बुद्धशान्ति गाउँपालिकाका हार्डवेयर व्यवसायीहरुले आज पसल बन्द गरेका छन् । देशभरका सिमेन्ट उद्योगहरुले सिमेन्टको मूल्यमा असामान्य बृद्धि गरेको विरोधमा व्यवसायीहरुले पसल बन्द गराएका हुन ।

सिमेन्ट उद्योगहरुले विगत एक महिनायता सिमेन्टको मूल्यमा प्रतिबोरा ३७५ रुपैयाँसम्म बृद्धि गरेको र यसबाट आम उपभोक्ता तथा व्यवसायीबिचको सम्बन्धमा नकारात्मक असर परेको भन्दै सिमेन्ट उद्योगहरुलाई मूल्य घटाउनका लागि दबाब दिन हार्डवेयर व्यवसायीहरु विरोधमा उत्रिएका हुन ।

त्यस्तै मेची राजमार्ग हुँदै सिमेन्ट ढुवानी गर्ने सवारीसाधनहरुलाई कम्तीमा एक घण्टा होल्ड गर्ने दबाबमुलक कार्यक्रमसमेत गरेका छन् ।

आज बिहान बुद्धशान्ति – १ पुलचोकमा बुद्धशान्ति हार्डवेयर ब्यवसायी संघका अध्यक्ष शिवलाल कोईरालाको नेतृत्वमा करिब २०/२५ जना हार्डवेयर ब्यवसायीहरु भेला भई सिमेन्ट बोकेका मालबाहक सवारीसाधन चेकजाँच गरेका थिए ।

बुद्धशान्ति गाउँपालिकामा करिब २२५ वटा हार्डवेयर पसल रहेका छन् । हार्डवेयर बन्द गर्ने विषयमा बुद्धशान्ति गाउँपालिका र उद्योग वाणिज्य संघ बुधवारेलाई जानकारी गराएको वाणिज्य संघका अध्यक्ष दीपक सापकोटाले बताए ।

सम्बन्धित खबर