२०८१ पौष २३, मङ्गलवार , ०९:५६:४५ बजे

Sajhamanch
'

‘व्यवसायी राहत कोष’ मा विन्दलको २१ हजार रुपैयाँ सहयोग

सोमवार, पौष २२, २०८१

बिर्तामोड । नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष तथा बिर्तामोडका व्यवसायी इन्द्रचन्द्र विन्दलले आफ्नो जन्मदिन बिर्तामोड उद्योग वाणिज्य संघमा मनाएका छन् ।

बालाजी इन्टरनेशनलका सञ्चालक विन्दलले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’मा २१ हजार रुपैयाँ प्रदान गर्दै हिजो आफ्नो जन्म दिन मनाएका हुन् ।

संघले एक करोड रुपैयाँ बराबरको अक्षयकोष व्यवसायीका लागि स्थापना गरेको छ । आपत विपद्मा परेका व्यवसायीलाई सहयोग पुर्याउन सकियोस् भन्ने उद्देश्यले संघले कोषको परिकल्पना गरेको कोषाध्यक्ष युवराज निरौला बताउँछन् ।

सो कार्यको सराहना गर्दै संघले स्थापना गरेको कोषमा विन्दलले आफ्नो जन्मोत्सवको अवसरमा रकम सहयोग गरेको बताए ।

विन्दलले बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई सो रकम हस्तान्तरण गरेका थिए । सो अवसरमा संघले विन्दललाई कदरपत्र सहित सम्मान गरेको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रमका बीच विन्दललाई कदरपत्रद्वारा सम्मान गरिएको संघका महासचिव कुशल खतिवडाले बताए ।

सम्बन्धित खबर