काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दैछ।बैठकमा पार्टीको सांठनिक अवस्था, भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, भ्रातृ संगठनको क्रियाशीलता प्रशिक्षण र महाधिवेशन केन्द्रित अभियानबारे छलफल हुनेछ। यस्तै देशको समसामयिक राजनीतिक अवस्थाबारे पनि छलफल हुने सहमहामन्त्री प्रदीप कार्कीले बताए।
बैठकमा पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक र महामन्त्री राजाराम बर्तौलाले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्कीले जानकारी दिए।पार्टीले हालै तराई मधेश सम्मेलन सम्पन्न गरेको छ।