२०८१ पौष १९, शुक्रवार , ०६:३७:४५ बजे

Sajhamanch
'

नयाँ वर्षकै दिनबाट लागू हुनेगरी बढ्यो पेट्रोल र डिजेलको मूल्य, एटिएफको घट्यो

मङ्गलवार, पौष १६, २०८१

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजे पछिदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ । अंग्रेजी नयाँ वर्ष सन् २०२५ को पहिलो दिनबाटै यसका उपभोक्ताहरु महंगिएको इन्धन किन्नुपर्ने बाध्यतामा पुगेका छन् ।

निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेबाट लागू हुनेगरी यी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ रुपैयाँले मूल्य बढाइएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा १६२ र अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्नेछ ।

यस्तै डिजेलको मूल्य काठमाडौं र दिपायल क्षेत्रमा लिटरको १५३ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १५२ रुपैयाँ र अरु क्षेत्रमा १५० रुपैयाँ ५० पैसा पर्नेछ ।

त्यस्तै, हवाई इन्धन (एटिएफ) आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ १५ रुपैयाँले मूल्य घटाइएको छ ।

सम्बन्धित खबर