झापा । झापाको बिर्तामोडमा आज बिहान आगलागी भएको छ । बिर्तामोड नगरपालिका-७ स्थित मियावारीमा लालबहादुर अधिकारीको ग्वाली र मिलमा आगलागी भएको हो ।
बिहान अन्दाजी ४ः४० बजेतिर मिलमा विद्युत् सर्ट भई भएको सो आगलागीबाट अन्दाजी २५ लाख बराबरको क्षति भएको छ । आगलागीबाट मकै र पराल जलेको छ भने एउटा बाछी मरेको र अर्को घाइते भएको छ ।
साथै मिलमा प्रयोग हुने उपकरणहरू जलेर नष्ट भएका छन् । बिर्तामोड नगरपालिकाको दमकल, गरामनी प्रहरी चौकीका प्रहरी र स्थानीयको सहयोगमा बिहान ६ः५२ बजे आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको बिर्तामोड नगरपालिकाको वारुण यन्त्र कार्यालयले जनाएको छ ।