२०८१ पौष १७, बुधवार , ०३:१८:१० बजे

Sajhamanch
'

मुक्ति समाज भद्रपुरमा नयाँ नेतृत्व सर्वसम्मत

आइतवार, पौष १४, २०८१

भद्रपुर । नेपाल उत्पीडित जातीय मुक्ति समाज भद्रपुरको तेस्रो नगर अधिवेशनले लालबहादुर चाहरको अध्यक्षतामा २५ सदस्यीय नगर कमिटी गठन गरेको छ ।

शनिबार भद्रपुर वडा नम्बर १० को सभाकक्षमा भएको तेस्रो अधिवेशनको बन्द सत्रले २५ सदस्यीय नगर कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।

अध्यक्ष मण्डलका अध्यक्ष माधव विद्रोहीको अध्यक्षतामा भएको बन्दसत्रले नगर कमिटीको उपाध्यक्षमा भक्त खाती र नविन घतानी, सचिवमा रुविना विक, उपसचिवमा सावित्रा विश्वकर्मा र कुमार विश्वकर्मा र कोषाध्यक्षमा राधा पासवानलाई सर्वसम्मत निर्वांचित गरेको छ ।

सो कमिटीका सदस्यहरुमा रामचन्द्र विक, डिल्ली विक, मंगलमय विक, गोमा दर्जी, रमिता सुन्दास, मालतीदेवी पासवान, तुलसा गजमेर र नारायण शंकर सर्वसम्मत चयन भएका अध्यक्ष मण्डलका सदस्य घनश्याम लकान्द्रीले बताए ।

त्यसैगरी सदस्यहरुमा कमलादेवी विश्वकर्मा, विनोद मल्लिक, भावना रुचाल, शर्मिला पाँचकोटी, गीता खाती सर्वसम्मत निर्वाचित भएका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिव सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यमा सम्पन्न तेस्रो अधिवेशन उद्घाटन समारोहको अध्यक्षता भद्रपुर नगर कमिटीका अध्यक्ष दुर्गा पोर्तेलले गरेका थिए ।

समाजका नगरसचिव उमा विकले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि पोर्तेल, समाजका स्थायी कमिटीका सदस्य तथा झापा इञ्चार्ज विमला विक, समाजका झापा जिल्ला इञ्चार्ज छविलाल विश्वकर्मा, एमाले कोशी प्रदेश कमिटीका सदस्य घनश्याम अधिकारी, एमाले झापाका उपसचिव अशारु राजवंशी, भद्रपुर नगर अध्यक्ष निर्माण नेपाल, वडा नम्बर ९ का वडा अध्यक्ष राम दाहाल र युवा संघ भद्रपुर नगर अध्यक्ष दिपक बुढाथोकीले मन्तब्य राखेका थिए ।