संजिवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
बिर्तामोड ४, झापा
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
कोशी प्रदेश झापा जिल्ला बिर्तामोड नगरपालिका वडा नं. ४ मा केन्द्रीय कार्यालय रहेको संजिवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई देहायको पदमा कर्मचारी पदर्पूिर्त गर्नुपर्ने भएकाले इच्छुक नेपाली नागरिक उम्मेदवारहरुबाट दरखास्त आव्हान गरिएको छ । सूचना प्रकाशित भएको मितिले १० दिन भित्र दरखास्त फाराम भर्न सकिनेछ ।
१. आवश्यक कर्मचारीको पद, श्रेणी, संख्या, शैक्षिक योग्यता र अनुभव तथा वाञ्छनीय योग्यताः
क्र. सं. | पद, | श्रेणी | संख्या | शैक्षिक योग्यता | अनुभव र वाञ्छनीय योग्यता |
१. | सहायक लेखापाल | सहायक तृतीय | १ | +२ उत्तीर्ण | बैंक तथा वित्तीय संस्थामा काम गरेको अनुभव भएकोे र कम्प्युटर सम्बन्धी ज्ञान भएको |
२. उमेरको हदः १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको ।
३. परीक्षा प्रणाली तथा छनौटको प्रक्रियाः लिखित परीक्षा र अन्तरवार्ता (लिखित परीक्षा १०० पूर्णाङ्क र अन्तरवार्ता ५० पूर्णाङ्क)
४. तलव भत्ता तथा अन्य सुविधाः संस्थाको नियम अनुसार
५. दरखास्त दिने अन्तिम मितिः २०८१/०९/२३ गते । उक्त दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय समयसम्म दरखास्त दिन सकिनेछ ।
६. परीक्षा दस्तुरः रु. ३००।– (अक्षरेपी तीन सय रुपैयाँमात्र) लिइनेछ ।
७. परीक्षा हुने मितिः २०८१/०९/२७ गते शनिबार
८. परीक्षा हुने स्थान र समयः सम्पर्क मितिको दिन जानकारी गराइनेछ ।
९. सम्पर्क मितिः २०८१/०९/२४ (दिउँसो २ः०० बजेपछि)
१०. विज्ञापन सम्बन्धी थप जानकारीको लागि फोन नं. ०२३–५३२८१८मा सम्पर्क गर्न सकिनेछ ।
– पदपूर्ति समिति,
संजिवनी साकोस लि. झापा