बिर्तामोड । प्रेस सेन्टर नेपाल झापाको आज सम्पन्न १०औं जिल्ला अधिवेशनले पुष्प खड्काको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षद्वयमा होमप्रकाश अधिकारी र सन्तोष शर्मा, सचिवमा प्रकाश उप्रेती, सहसचिवद्वयमा लेखनाथ चापागाईं र राजन साम्पाङ्ग तथा कोषाध्यक्षमा मनोज तिवारी सर्वसम्मत चयन भएका हुन् ।
त्यसैगरी टिकाराम बाँस्तोला, भोला तिम्सिना र पर्वत तामाङ सदस्यमा चयन गरिएको छ। कार्यसमितिले पछि २ जना सदस्य मनोनयन गर्नेगरी ११ सदस्यीय जिल्ला कार्यसमिति बनाइएको हो ।
अधिवेशनले डण्डिराज घिमिरे र झुलन रेग्मीलाई केन्द्रीय प्रतिनिधिमा पठाउने निर्णय गरेको छ ।
जिल्ला कार्यसमितिमा चयन भएका राजन साम्पाङ आजमात्र प्रेस सेन्टर नेपालमा प्रवेश गरेको हुन् । उनलाई प्रमुख अतिथि एवम् अतिथिहरुले खादा अबिर लगाएर स्वागत गरेका थिए ।
सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ झापामा निर्वाचित कार्यसमितिका पदाधिकारी सचिव राजु पाठक र सदस्य सन्तोष शर्मालाई सम्मान पनि गरिएको छ ।
नेकपा माओवादी केन्द्रका झापा जिल्ला इन्चार्ज राजु आचार्य (अग्नि)को प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा पार्टी केन्द्रीय कमिटी सदस्य भवानी दङ्गाल, प्रेस सेन्टर नेपालका सचिवालय सदस्य दिपिन राई, केन्द्रीय कमिटी सचिव बिमल लामिछाने, केन्द्रीय सदस्य लीलाराज खड्का, प्रदेश उपाध्यक्ष डण्ढिराज घिमिरेले नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
संगठनमा नवप्रवेशी साम्पाङले आफूले प्रेस सेन्टर नेपालमा प्रवेश हुनुको कारणसहित मन्तव्य राखेका थिए ।
राजु पाठकको अध्यक्षमा सम्पन्न अधिवेशनमा सचिव खड्काले साङ्गाठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष खड्काले संगठनले निर्माण गरेको डी कौडिन्य अक्षयकोषको अभियानलाई निश्कर्षमा पुर्याउनेसहित वार्षिक कार्ययोजना बनाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
बिमल लामिछानेले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन सचिव पुष्प खड्काले गरेका थिए ।