२०८१ पौष ११, बिहिवार , ०८:१८:०३ बजे

Sajhamanch
'

‘पुष्पा २’ बन्यो नेपालमा अहिलेसम्म धेरै कमाउने विदेशी फिल्म

बिहिवार, पौष ११, २०८१

काठमाडौं । सन् २०२४ नेपाली फिल्म बजारको लागि ‘कीर्तिमानी वर्ष’ बनेको छ । यसवर्ष ‘पूर्णबहादुरको सारंगी’ले सर्वाधिक कमाउने घरेलु फिल्मको इतिहास रच्यो । यो फिल्म अहिले ५० करोडको कीर्तिमानी दौडमा छ ।

यसबीच नयाँ खबर छ १ अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २ स् द रुल’ नेपालमा सबैभन्दा धेरै कमाउने विदेशी फिल्म बनेको छ । सुकुमार निर्देशित यस फिल्मले प्रदर्शनको २० दिनमा नेपाली बक्स अफिसमा २४ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।प्रदर्शन भैरहेकाले ‘पुष्पा २’को कमाइमा अझै वृद्धि हुने देखिन्छ । यसअघि नेपालमा सर्वाधिक कमाउने विदेशी फिल्मको कीर्तिमान ‘केजीएफ २’को नाममा थियो जसले १९ करोड २९ लाख १३ हजार ७५८ रुपैयाँ ग्रस कमाएको थियो । यो फिल्मका ६ लाख ७७ हजारभन्दा धेरै टिकट विक्री भएका थिए । (चलचित्र विकास बोर्डले २०७९ चैत २८ गते सार्वजनिक गरेको डेटाअनुसार) ।

नेपालमा तेस्रो धेरै कमाउने फिल्मको रुपमा रणवीर कपुर स्टारर ‘एनिमल’ छ जसको ग्रस कलेक्सन १७ करोड ५० लाख ग्रस हाराहारीमा छ । ‘बाहुबली २ स् द कन्क्लुजन’को कमाइ १५ करोड हाराहारीमा छ । ‘बाहुबली २’को रिलिजको समयमा नेपालमा बक्स अफिस प्रणाली सीमित हलमा मात्र जडान भएको कारण यसको कमाइमा अन्योल छ, यद्यपि, यसले १५ करोड हाराहारीमा कमाइ गरेको बताइन्छ ।बक्सअफिस प्रणाली लागू भएयता पुष्पा २, केजीएफ २ र एनिमल धेरै कमाउने विदेशी फिल्मको रुपमा स्थापित भएका हुन् ।

‘पुष्पा २’का वितरकले उठाए लगानी

दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ अहिलेसम्मकै महंगो मूल्यमा नेपाली वितरकले ल्याएका हुन् । ए-एट्, डीसीएन र आरआरले झण्डै ७ करोड नेरुमा फिल्म ल्याएका हुन् । लगानी उठाउन फिल्मले २२ करोड ग्रस कमाउनुपर्ने जरुरी थियो । पछिल्लो सप्ताहन्तमा लगानी उठेको छ ।

सम्बन्धित खबर