२०८१ माघ १४, सोमवार , ०६:४७:४४ बजे

Sajhamanch
'

हल्दिबारीमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर

मङ्गलवार, पौष ९, २०८१

हल्दिबारी । झापाको हल्दिबारीमा सामुदायिक कुकुरको बन्ध्याकरण शिविर सोमबारबाट शुरु भएको छ। गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनले शिविरको उद्घाटन गरेका हुन् ।

पशु तथा मत्स्य विकास शाखाको आयोजनामा सुरु भएको शिविरमा १५० भन्दा बढी कुकुरहरुको बन्ध्याकरण गरिने लक्ष्य राखिएको जनाइएको छ ।

उक्त शिविर सम्पन्न गर्न गाउँपालिकाले ४ लाख रुपैयाँ रकम विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र)ले जानकारी दिए ।

हाम्रो भेटनरी सेवा सहकारी संस्थाको प्राविधिक सहयोग रहेको शिविरमा हल्दिबारीका ५ वटै वडाका सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिने जनाइएको छ ।

पशु चिकित्सकहरुको विज्ञ टोलीले कुकुरको बन्ध्याकरण गर्न लागेको पशु शाखा प्रमुख सानुमाया श्रेष्ठले जानकारी दिइन् । शिविर उद्घाटन कार्यक्रमलाई पालिका अध्यक्ष लिङ्देन र प्रमु प्रशासकीय अधिकृत बनले शिविरको आवश्यकता र महत्त्वका बारेमा प्रकाश पारेका थिए ।

शिविर उद्घाटन कार्यक्रममा वडाध्यक्ष देवीबहादुर थापा लगायतका जनप्रतिनिधिहरु, सञ्चारकर्मी, कर्मचारीहरुको उपस्थित रहेको कार्यक्रमको सहजीकरण योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए ।

सम्बन्धित खबर