२०८१ पौष ७, आइतवार , १०:२८:४६ बजे

Sajhamanch
'

पत्रकार महासंघमा निर्वाचित महिलाहरुलाई नारी सञ्चार गृहको बधाई

आइतवार, पौष ७, २०८१

बिर्तामोड । नेपाल पत्रकार महासंघको प्रदेश तथा जिल्ला शाखाका विभिन्न पदमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई नारी सञ्चार गृह झापाले एकैठाउँमा भेला गरी बधाई ज्ञापन गरेको छ ।

नारी सञ्चार गृहको विभिन्न पदमा रहेर काम गरिरहेका पदाधिकारी तथा सदस्यहरु महासंघको गत मंसिर २८ गतेको निर्वाचनबाट प्रदेश तथा जिल्ला शाखामा निर्वाचित भएकाहरुलाई संस्थाको नियमित बैठकमा अबिर खादा माला लगाएर बधाई ज्ञापन गरिएको हो ।

गृहका अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको सो बैठकमा पत्रकार महासंघको कोशी प्रदेश उपाध्यक्षमा निर्वाचित नारी सञ्चार गृहकी पूर्व अध्यक्ष अम्बिका भण्डारीले सांगठानिक रुपमा महासंघ ठूलो भए पनि सञ्चार गृह आफ्नो घर भएकोले आफ्नो घरलाई दर्विलो बनाउन महत्वपूर्ण भूमिका हुने बताइन् ।

सञ्चार गृहका संस्थापक अध्यक्ष सावित्रा दाहाल र निवर्तमान अध्यक्ष भीमा शिवाकोटीले महासंघलाई सफल बनाउन र आगामी दिनमा महिला नेतृत्व स्थापित गर्ने गरी सकारात्मक र रचनात्मक तरिकाले काम गर्न सुझाव दिए ।

सो अवसरमा अध्यक्ष रेजिना गौतमले सफल कार्यकालका लागि सकारात्मक भूमिका निर्वाह गर्न र महिला पत्रकारको पेशागत क्षमता विकासका कार्यक्रम ल्याउन भूमिका खेल्न सुझाव दिंदै घरलाई राम्रो र बलियो बनाउन पहिलो प्राथमिकतामा राख्न आग्रह गरिन् ।

हालैको निर्वाचनमा नारी सञ्चार गृहकी पूर्व अध्यक्ष भण्डारी पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष, कार्यसमिति सदस्य विनिशा शर्मा नेपाल पत्रकार महासंघ झापा शाखाको उपाध्यक्ष, कोषाध्यक्ष स्वस्तिका आचार्य सदस्य, निवर्तमान सचिव भूमिका सुब्बा कार्यसमिति सदस्य, ईशा प्रधान र अस्मिता साँखी जिल्ला सदस्यमा निर्वाचित भएका छन् ।

बैठकमा संस्थाको तर्फबाट टेवा नेपालको तालिममा सहभागी भएकी जोस्ना श्रेष्ठले तालिम प्रदान गर्दा ध्यान दिनुपर्ने प्राथमिकताका विषय, टेवाको कोष संकलन र महिलाको परिकल्पनामा गरिएको उदाहरणीय कार्यबारे जानकारी गराएकी थिइन् ।

सम्बन्धित खबर