बिर्तामोड । न्यू डिजाइन कलेक्सनका सञ्चालक डिल्लीराम न्यौपानेले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘ब्यवसायी राहत कोष’का लागि २१ हजार १११ रुपैयाँ प्रदान गरेका छन् ।
उनले संघका अध्यक्ष राजु न्यौपानेलाई कोष बृद्धिका लागि उक्त रकम प्रदान गरेका हुन् । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाको उपस्थितिमा बिर्तामोडस्थित अतिथि सदनमा आयोजित सक्षिप्त कार्यक्रममा न्यौपानेले सो रकम अर्का न्यौपानेलाई प्रदान गरेका थिए ।
सो अवसरमा संघको कोष वृद्धिका लागि सहयोग पुर्याएकोमा उनलाई कदरपत्र प्रदान गरिएको थियो ।