२०८१ पौष ५, शुक्रवार , ०९:२७:५९ बजे

Sajhamanch
'

चौधरीले दिए ‘राहत कोष’मा २१ हजार

शुक्रवार, पौष ५, २०८१

बिर्तामोड । जन्मदिन मनाउने सबैको आ–आफ्नै तरिका हुन्छ । कसैले जन्मदिनको अवसरमा फजुल खर्च गर्दै मनोरञ्जन गर्छन् भने कसैले दिनदुखीको सेवा गर्छन् ।

बिर्तामोडका व्यवसायी दिवाकरलाल चौधरीले पनि आफ्नो जन्मदिनमा सामजिक हितकारी कार्य गरेका छन् । उनले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायिक राहत कोषका लागि २१ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

व्यवसायीलाई आपतबिपत परेको खण्डमा मलमपट्टी लगाउने उद्देश्यले संघले सहयोग गर्ने भन्दै एक करोड रुपैयाँको कोष खडा गर्ने गरी ‘राहतकोष’ स्थापना गरेको छ । सोही कोषका लागि चौधरीले संघका अध्यक्ष राजु न्यौपानेलाई रकम हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा ब्यवसायी चौधरीलाई संघका पदाधिकारी तथा कार्य समिति सदस्यहरुले जन्मदिनको शुभकामना व्यक्त गर्दै कदरपत्रसमेत प्रदान गरेका थिए ।

सम्बन्धित खबर