दमक । झापाको दमक बसपार्कमा रहेको मिलन होटेल एन्ड लजमा दुईजना युवतीसँग राति बसेका एक व्यक्ति आज बिहान मृत भेटिएका छन् ।
प्रहरीका अनुसार सिन्धुलीका सुनुवार थर भएका अन्दाजी ४५ वर्षका व्यक्ति मृत भेटिएका हुन् । अन्य विवरण खुलिनसकेको दमक प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक रामभक्त भट्टराईले बताए ।
बसपार्कमा रहेको मिलन होटेल एन्ड लजमा यौन धन्दा हुँदै आएको बताइन्छ । यौन कार्य गर्न आएका व्यक्तिको मृत्यु भएको आशंका गरिएको छ । होटलको सञ्चालक निर्मला केसी हुन् ।