भद्रपुर । कस्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान भद्रपुर नगर समितिको तेस्रो अधिवेशनले देवीप्रसाद अधिकारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
सर्वसम्मत गठित समितिको उपाध्यक्षमा बलिभद्र अधिकारी, सचिव भीम अधिकारी र कोषाध्यक्षमा देवीमाया अधिकारीलाई सर्वसम्मत चयन गरिएको हो ।
समितिको सदस्यहरूमा कृष्णकुमारी, पदमबहादुर, दशरथ, माधव, राजनकुमार, शान्तिराम, टिका, डिल्लीराम, अम्बरबहादुर, नारायण र राजकुमार अधिकारी चयन भएका छन् ।
सभाले जिल्ला परिषद सदस्यमा यमनाथ अधिकारी तथा तोयानाथ अधिकारीलाई जिम्मेवारी दिएको छ भने पर्यवेक्षकमा चूडामणि अधिकारी र तिलक अधिकारीलाई छनौट गरेको छ ।
अध्यक्ष देवीप्रसादको अध्यक्षता तथा कस्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नरेन्द्रकुमार अधिकारीको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।
सो सभामा जिल्ला न्यायाधिश प्रकाशकुमार अधिकारी, भद्रपुर १ का वडाध्यक्ष रामप्रसाद अधिकारी, २ का वडाध्यक्ष रामबहादुर कँडेल, जग्गादाता रेखा अधिकारी, प्रतिष्ठानका केन्द्रीय कोषाध्यक्ष निमेष अधिकारी, प्रतिष्ठानका झापा जिल्ला सचिव सपना अधिकारी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा जेष्ठ सदस्य मोती अधिकारी र तोयानाथ अधिकारीलाई सम्मान गरिएको थियो । यामनाथ अधिकारीले स्वागत गरेको कार्यक्रम भीम अधिकारीले सञ्चालन गरेका थिए । कार्यक्रम भद्रपुर २ सगरमाथास्थित बलिभद्र अधिकारीको घरमा सम्पन्न गरिएको थियो ।