२०८१ पौष १, सोमवार , १०:०१:३३ बजे

Sajhamanch
'

शे-फोक्सुण्डोदेखि लुक्लासम्म पदयात्रामा रमाउँदै मलिना

सोमवार, पौष १, २०८१

काठमाडौं । मलिना जोशीका आफ्नै परिचय छन् । सन् २०११ मा उनी मिस नेपाल वर्ल्ड घोषित भइन् । फिल्म अभिनेत्रीको रुपमा उनी पछिल्लोपटक ‘छक्कापञ्जा ४’ मा देखिएकी थिइन् ।

यसबाहेक उनी सोसल मिडिया इन्फ्लुएन्सर पनि हुन् । कन्टेन्ट क्रिएटरको रुपमा टिकटक, इन्स्टाग्राम र युट्युबमा व्यस्त छिन् । उनी घुमघामका भ्लग बनाउँछिन् । अभिनेत्री र पूर्वमिस नेपालका रुपमा उनलाई सोसल मिडियामा पछ्याउनेको संख्या धेरै छ ।मलिनाको सबैभन्दा रुचि घुमघाममा छ । पछिल्लो पर्यटकीय सिजनमा उनले डोल्पाको शे–फोक्सुण्डोदेखि पूर्वको सगरमाथा क्षेत्रमा पदयात्रा गरिन् । उनको पदयात्राका तस्वीर र भिडियोले प्रशंसकलाई पदयात्रामा प्रेरित गर्नसक्छ ।

चाहे त्यो लुक्ला होस्, आमादब्लम हिमालको क्षेत्र होस् र चाहे त्यो शे–फोक्सुण्डो होस् । उनको घुमघामका तस्वीर निकै आकर्षक देखिन्छन् ।कामको कुरा गर्दा मलिनालाई ठूलो पर्दामा फर्किएको हेर्न चाहनेको संख्या धेरै छ । यद्यपि यसबारे उनले केही घोषणा गरिसकेकी छैनन् । मलिनाले करिअरमा नौवटा फिचर फिल्ममा अभिनय गरेकी छन् । उनको डेब्यु लिड फिल्म ‘ऋतु’ हो ।

सम्बन्धित खबर