![](https://sajhamanch.com/wp-content/uploads/2024/12/jhapa-cup-1.jpg)
बिर्तामोड। प्रथम झापा कप फुटबल प्रतियोगितामा आजदेखि क्वारफाइनलका खेल शुरू हुँदैछ । पहिलो क्वारफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र सलहेस क्लब सिरहाबीच खेल हुने आयोजकले जनाएको छ ।
विबिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा दिउँसो दुई बजेपछि खेल शुरू हुने छ । यसअघि हिजोको खेलमा राष्ट्रिय जागृति क्लब इटहरीले आयोजक झापा–११ फुटबल क्लबलाई २–० गोलले हराएर क्वाटरफाइनलमा प्रवेश गरेको छ भने पराजित आयोजक झापा–११ प्रतियोगिताबाट बाहिरिएको छ ।
पुस आठ गतेसम्म चल्ने प्रतियोगितामा नेपालका नौ र भारतको एउटा क्लबको सहभागिता रहेको छ ।