![](https://sajhamanch.com/wp-content/uploads/2024/09/gold-4.jpg)
काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा २२०० रुपैयाँले घटेको छ । अस्ति शुक्रवार सुनको भाउ तोलामा एक लाख ५३ हजार रुपैयाँ रहेको भाउ आज घटेर एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।