भद्रपुर । झापाको भद्रपुर ९ स्थित पारिजात चोकमा रहेको श्री नव प्रभात बचत तथा ऋण सहकारी संस्थाको १३औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
भद्रपुर ९ का वडाध्यक्ष राम दाहालको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष भवानीप्रसाद सापकोटाको अध्यक्षतामा भद्रपुर ९ स्थित प्रणामी मन्दिरमा साधारणसभा सम्पन्न भएको हो ।
उपाध्यक्ष दाताराम तिम्सिनाले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव दिपेन्द्र कटुवालले गरेका थिए ।
कार्यक्रममा प्रकाश एकता सहकारी संस्थाका अध्यक्ष गोपाल श्रेष्ठ, बाल सुवोधनी विद्यालयका प्रधानध्यापक विश्व थापा, कृष्ण प्राविका प्रधानाध्यापक सिताराम थापा, पुहाँतु जनज्योति माविका प्रधानाध्यापक कौशिला पौडेल लगायतले मन्तब्य राखेका थिए ।
संस्थाका सल्लाहकार संयोजक अनिल ढुङ्गानका अनुसार २०६८ सालमा स्थापना भएको संस्थामा हाल ६९२ महिला र ८४० पुरुष गरी १ हजार ५३२ जना शेयर सदस्य छन् ।
कार्यक्रममा शेयर सदस्यका छोरा छोरीमध्ये उत्कृष्ट जेहेन्दार ७ जना विद्यार्थीलाई जनही नगद २ हजारसहित सम्मान गरिएको थियो । संस्थाले आर्थिक वर्ष २०८१/०८२ मा १६ लाख ९५ हजार आम्दानी गरेको जनाइएको छ ।
यस्तै संस्थाले सम्पत्ती र दायित्व बृद्धि गर्दै ४ करोड ७६ लाख ७५ हजार ५०० पुर्याउने लक्ष्य लिएको व्यस्थापक खगेन्द्र ढुङ्गानाले जानकारी दिए ।
साधारणसभा कार्यक्रममा उत्कृष्ट बचतकर्ता सिता राजवंशी र अमरबहादुर सिग्देल, असल ऋणि बिपिन भट्टराई, सूर्यबहादुर अधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि दाहाल र अध्यक्ष सापकोटाले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरी सम्मान गरेका थिए ।