२०८१ मंसिर २८, शुक्रवार , ०८:०६:२४ बजे

Sajhamanch
'

नेपाली कांग्रेसको १०० दिने अभियान भद्रपुर र कचनकवलमा भेला सम्पन्न

शुक्रवार, मंसिर २८, २०८१

भद्रपुर । नेपाली कांग्रेस भद्रपुर नगर समिति र कचनकवल गाउँ समितिको भेला आज शुक्रबार सम्पन्न गरिएको छ । नेपाली कांग्रेसले गत असोज ७ गतेदेखि आगामी पौष १६ सम्म सञ्चालन गरिरहेको १०० दिने विशेष अभियान अन्तरगत गाउँ तथा नगरस्तरीय भेला भइरहेको हो ।

भद्रपुर नगर भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल आचार्यले नेपाली कांग्रेसले नेपालको राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेको चर्चा गरिन् । ब्यवस्था परिवर्तनका लागि भएका हरेक आन्दोलनहरुमा महिलाहरुले अग्रणी भूमिका खेलेको बताउँदै उनले राजनीतिमा महिलालाई पनि पुरुषसरह भूमिका दिन आग्रह गरेकी थिइन् ।

कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले केन्द्रको निर्देशन बमोजिम विशेष सांगठनिक अभियान झापामा सफलतापूर्वक सञ्चालन भइरहेको बताउँदै अभियान देशभर प्रभावकारी भए संगठन मजबुद हुने धारणा राखे ।

कांग्रेस केन्द्रीय सदस्य गोमा भट्टराई, कोशी प्रदेश समिति सदस्य उत्तम चम्लागाई, भद्रपुर नगरपालिकाका प्रमुख एवं भद्रपुरका लागि जिल्ला प्रतिनिधि गणेश पोखरेल, महासमिति सदस्य शर्मिला अधिकारी लगायतले सो कार्यक्रममा आ–आफ्ना धारणा राखेका थिए ।

भद्रपुर नगर समिति सभापति राम कडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत पार्वती ओझा र सञ्चालन नन्द राजवंशीले गरेका थिए ।

यसैगरी कांग्रेस झापाका सभापति देउकुमार थेवेको प्रमुख आतिथ्यमा कचनकवल गाउँ समितिको भेला सम्पन्न भएको छ । भेलामा प्रमुख अतिथि थेवे, जिल्ला सहसचिव एवं कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी, जिल्ला सदस्य रुद्रमणि दाहाल, जिल्ला सदस्य एवं नेपाल महिला संघ गाउँ अध्यक्ष सेलेतुन खातुन, महाधिवेशन प्रतिनिधि सिताराम खड्का, वडा सभापतिहरुको तर्फबाट छविलाल अधिकारी लगायतले मन्तब्य राखेका थिए ।

पार्टीको कचनकबलका गाउँ सभापति तुलाराम अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत लालमोहन राजवंशी र सञ्चालन तिलक पौडेलले गरेका थिए ।

सम्बन्धित खबर