२०८१ मंसिर २७, बिहिवार , ०९:०७:५१ बजे

Sajhamanch
'

मोक्षघाट निर्माणमा चन्द्रगढी वनको अगुवाई

बिहिवार, मंसिर २७, २०८१

भद्रपुर । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको अगुवाइमा भद्रपुर १० चन्द्रगढस्थित देउनिया खोलामा दाहसंस्कार स्थल (मोक्षघाट) निर्माणका लागि स्रोत सुनिश्चित गर्दै निर्माण समिति गठन गरिएको छ ।

मोक्षघाटका लागि पहिलो चरणमा वन समितिले ३३ लाख, वडा नम्वर ९ ले दुई लाख, १० नम्वर वडाले एकलाख पचास हजार जेष्ठ नागरिक समितिबाट ४ लाख ८५ हजार, देउसीबाट संकलित ३२ हजार तथा अन्य दाताबाट सहयोग जुटाई ४० लाखको स्रोत सुनिश्चित गर्दै निर्माण समिति गठन गरेको हो ।

निर्माण समितिको अध्यक्षमा दुर्गाप्रसाद भट्टराई, उपाध्यक्ष गोकुलप्रसाद ढकाल, सचिव पार्वती मल्ल र कोषाध्यक्ष अनुज खतिवडा चयन भएका छन् भने सदस्यहरूमा क्रमशः भद्रपुर ९ का वडाध्यक्ष रामप्रसाद दाहाल, १० का वडाध्यक्ष टेकबहादुर खड्का (काजी), हरिप्रसाद पराजुली, विष्णुप्रसाद काफ्ले, मिरा सञ्जेल, पुरूषोत्तम अधिकारी र रविन सुब्बा फागो चयन भएका छन् ।

समितिले मोक्षघाट निर्माण तीब्रगतिमा सम्पन्न गर्ने गरी जिम्मेवारीसमेत पाएको छ ।

सम्बन्धित खबर